sevenstartv.com ९ चैत २०८२, सोमवार

नवलपुरको विनयी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते

८ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।


काठमाण्डौबाट भारतको राजस्थानका लागि छुटेको बस विनयी त्रिवेणी–१ विनयीखोला नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ

। नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज बिहान आरजे १४ पिसी ३५४५ नम्बरको बस अनियन्त्रित भएर सडकमा पल्टिएको हो । उहाँका अनुसार बसमा ४५ जना यात्रु रहेकोमा अरु अवस्था सामान्य छ । घाइतेको स्थानीय विनयी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्