बारामा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु
काठमाडौं । बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चालक कलैया उपमहानगरपालिका ११ निवासी २४ वर्षीय सन्दीपकुमार यादवको मृत्यु भएको हो ।
गएराती यादव सवार लु ९५ प ६३५४ नम्बरको मोटरसाइकल कलैया-१६ को उत्तर झिटकैयामा अनियन्त्रित भई पल्टिदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
