sevenstartv.com २१ वैशाख २०८३, सोमवार

स्वतन्त्र प्रेस र सुसूचित नागरिक प्रजातन्त्रका पहरेदार : परराष्ट्रमन्त्री

२७ वैशाख २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित नागरिक नै प्रजातन्त्रका पहरेदार भएको बताएकी छन् । नेपाल प्रेस युनियनद्वारा आज ललितपुरमा आयोजित लोमान्थाङ इन्टरनेसनल मिडिया समिटलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हनु । 

उनले भनीन् 'स्वतन्त्र प्रेसले नै प्रजातान्त्रिक शासन व्यवस्थाको पहरेदारी गर्न सक्दछ । त्यसैले प्रेस स्वतन्त्रता विनाको प्रजातन्त्र कल्पना गर्न सकिँदैन ।' मन्त्री डा. राणाले नागरिकको वाक तथा अभिव्यक्ति एवं प्रेस स्वतन्त्रता  अहिलेको युगमा झन् अत्यावश्क र महत्वपूर्ण रहेको बताउँदै यही बाटो भएर मात्र लोकतान्त्रिक, समुन्नत र समावेशी समाज निर्माण गर्न सकिने तर्क गरीन् । 

त्यसैले वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको उनको भनाई थियो । उनले भनीन् 'सरकार सदैव प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ । नेपालको वर्तमान संविधानले मौलिक हक अन्तर्गत मात्र नभएर प्रस्तावनामा नै प्रेस स्वतन्त्रताको व्यवस्था गरेको छ । यसबाट पनि नेपालको प्रतिबद्धता स्पष्ट रुपमा झल्किन्छ ।'

मन्त्री डा. राणाले लोकतन्त्रले अहिले विविध खाले चुनौतीहरूको सामना गरिरहेको र जसका कारण मुलुकका लोकतान्त्रिक संस्थाहरूप्रतिको विश्वास घट्दो देखिएको बताउँदै यस्तो अवस्थामा लोकतन्त्र एवं नागरिक स्वतन्त्रताप्रति जनताको आशा जगाउने काममा प्रेसको महत्वपूर्ण भूमिका रहने बताएकी छन् ।  

फरक मतप्रतिको सम्मान गर्ने आधारभूत मूल्यमान्यताहरुमा पहिलेभन्दा तीव्र रूपमा कमी आइरहेको वर्तमान अवस्थामा पत्रकारिताको महत्वपूर्ण भूमिका हुने र पत्रकारिताले नै सत्यको संरक्षण गरी फरक आवाजहरूका लागि मञ्च प्रदान गर्ने उनले बताएकी छन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्