sevenstartv.com २१ वैशाख २०८३, सोमवार

राजाहरूले देशलाई कंगाल बनाए : प्रधानमन्त्री ओली

२७ वैशाख २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवर्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरू भन्दै लाञ्छना लगाए हुन् ।

देश कंगाल बनाउने काम राजाहरूले गरेको उनको आरोप छ । अहिले ३० वर्षमै देश कोल्टे फेर्ने गरी विकास भएको बताए। देशलाई विकसित, बस्न लायकको बनाउनैपर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अचम्म त के भनेः यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरू फेरि हामी नभई भएन, हामी आउँछौँ, साथ देऊ, भनेर लाजै मान्दैन । देश कंगाल बनाउने त यिनैहरू हुन्। अहिले यो ३० वर्षमा यति विकास गरेको छ‚ त्यो तथ्यांकले बताउँछ। मान्छे नहुँदा जंगलमा मुलुक थियो होला ।’

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्