sevenstartv.com २० वैशाख २०८३, आइतवार

ईश्वरीदेवी न्यौपाने र ठाकुर गैरे समिति सभापतिमा निर्विरोध निर्वाचित

३१ साउन २०८१, बिहिवार स्टार संवाददाता


काठमाडौं । संघीय संसदका दुई समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।

संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा एमालेका सांसद् ठाकुर गैरे निर्विरोध निर्वाचित भएका हुन् ।

आज दुवै समितिका बैठकमा दुवै समितिको सभापतिमा न्यौपाने र गैरे निर्विरोध निर्वाचित भएको समितिका ज्येष्ठ सदस्यले घोषणा गरेका हुन् ।  निर्विरोध निर्वाचित दुवै सभापतिले सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्दैछन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्