sevenstartv.com २० वैशाख २०८३, आइतवार

कांग्रेस र एमाले मिलेर निर्वाचनमा जान सांसद् सुवेदीकाे सुझाव

३१ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् झक्कुप्रसाद सुवेदीले आगामी निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर निर्वाचनमा जान सुझाव दिएका छन् । 

राष्ट्रिय सभा बैठकमा उनले २०८४ को चुनावमा एमाले कांग्रेस मिलेर चुनाव लड्न सुझाव दिएका हुन् । अधिनायकवादतिर जाँदा श्रीलंका र हालै बंगलादेशको अवस्थाबारे सोच्न पनि आग्रह गरे  । 

उनले संविधान संशोधन जनताबाट निर्वाचिन कार्यकारी प्रमुखमा गर्न सुझाव दिए । उनले समानुपातिक हटाउन र घटाउने नभइ पूर्ण समानुपातिकमँ जान आग्रह गरे । महिला संसदमा ५० प्रतिशत हुनुपर्ने र समाजअनुसारको संसदको बनावट हुनुपर्ने बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्