sevenstartv.com २० वैशाख २०८३, आइतवार

माओवादीलाई कांग्रेस सांसद् भट्टको जवाफ: देश रहरले होइन‚ विधिले चल्छ

३१ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद् नारायणदत्त भट्टले देश रहरमा नचल्ने बताएका छन् ।​

आज राष्ट्रिय सभा बैठकमा उनले नेकपा माओवादी केन्द्रका सांसद्को सवालमा जवाफ दिँदै देश कसैको रहरमा नभई कानून र विधिअनुसार चल्ने बताएका हुन् । उनले संविधान संशोधनको कुरा गर्दा मात्रै पनि ज्वरो आउनुपर्ने कारण नरहेको बताए ।

उनले भने, ‘हामी धङधङीमा छौँ । सरकार गयो, किन गयो, कसका कारणले गयो । म विनम्रता साथ अनुरोध गर्न चाहन्छु । त्यसको कारक कांग्रेस नै हो । यो देश रहरमा चल्छ ? आज देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका पक्षधरहरू जो जहाँ भए पनि हामी सबैको भावना देश सेवा र जनताको सेवा गर्ने उद्देश्य होइन र ? हामी जहिले पनि आरोप, प्रत्यारोप उत्रिने । बोल्न मन नलागेको विषयमा पनि प्रयास गर्नुपर्ने ?’

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्