sevenstartv.com २० वैशाख २०८३, आइतवार

गठबन्धन गर्दा साना पार्टी संसद्मा रहिरहने साना दलले अस्थिरता निम्त्याउने महासचिव पोखरेलको तर्क

आगामी निर्वाचनमा कांग्रेस एमाले एक्ला एक्लै चुनाव लड्ने जिकिर

१६ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा बिना गठबन्धन एक्लाएक्लै चुनाव लड्ने बताएका छन् । 

एमाले पेसागत विशेष जिल्ला कमिटीले आज काठमाडौंमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले गठबन्धन गर्दा साना पार्टी संसद्मा रहिरहने र तिनले अस्थिरता सिर्जना गरिरहने जिकिर गरेका हुन् । अस्थिरता अन्त्य हुनुपर्छ भन्ने मान्यताका साथ एक्लाएक्लै चुनावमा जाने उनको भनाइ छ । 

राजनीतिक दलले मुलुक बनाउन नसकेको नभई मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भएको उनको भनाइ थियो । विभिन्न बहानामा देशमा उत्पन्न हुने समस्याका कारण राजनीतिक दलले सम्पूर्ण ध्यान विकास निर्माणमा लगाउन नपाएको पनि महासचिव पोखरेलको तर्क छ । 

उनले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएपछि थप समस्या उत्पन्न हुन नदिन दुई ठूला राजनीतिक दल मिलेर काम गर्न थालेको जिकिर गरेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्