sevenstartv.com २१ वैशाख २०८३, सोमवार

नेताप्रति जनताले घृणा प्रकट गरेका छन् : चित्रबहादुर केसी

१८ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेताप्रति जनताले घृणा प्रकट गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता केसीले जनतालाई सरकारले के दिएको भन्दै प्रश्न पनि गरेका हुन्  । 

‘अहिले नेपाली जनताले तपाईहरु सत्तामा शक्तिमा हुनुहुन्छ, के दृष्टिले हेरिरहेका छन् रु राजनेतामाथि यति घृणा जनताले प्रकट गरेपछि रहन्छ यो व्यवस्था’ केसीको प्रश्न थियो । उनले संविधान संशोधन गर्ने भनेर भने पनि खै संशोधन गरेको भनेर प्रश्न गर्दै प्रदेशमा मन्त्री बनाउनुपर्दा केन्द्रबाटै हस्तक्षेप हुने गरेको बताए  । ‘प्रदेशमा कति उद्योग खुले, कति रोजगारी पाए रु’, उनले अध्यादेश सुकुम्वासीलाई जग्गा दिन हो कि दलाललाई फाइदा पुर्‍याउन भन्दै प्रश्न गरे ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्