सङ्घीयतालाई सबल बनाउनका लागि थुप्रै कानुनहरू बनाउन आवश्यक छ : अशोक राई
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले सङ्घीयतालाई सबल बनाउनका लागि थुप्रै कानुनहरू बनाउन आवश्यक रहेको बताएका छन् ।
संसद्को हिउँदे अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै उनले संसद्मा आउने विधेयकहरूलाई चाँडै पारित गर्नुपर्ने बताएका हुन् । ऐन कानुन नहुँदा संविधानलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन नसकेको बताउँदै अध्यक्ष राईले संविधानको समीक्षा गर्ने बेला आएको तर कार्यान्वयनको अवस्था नै राम्रो नरहेको बताए ।
ताप्लेजुङमा मुकुलुङ आस्थामाथि चोट पुग्यो भने आधारमा स्थानीयमाथि सरकारको तर्फबाट गोली चल्दा केही आन्दोलनकारी घाइते भएको र केहीलाई गिरफ्तार गरिएको बताउँदै उनले उनीहरूको रिहाइका लागि माग पनि गरेका छन् । ।
