sevenstartv.com २१ वैशाख २०८३, सोमवार

राजकिशोर यादवकाे प्रधानमन्त्रीलाई प्रश्न-नेपाल कसरी भ्रष्टाचारको सूचिमा पर्‍यो

१८ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवले प्रधानमन्त्रीले आफू भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने भनेर भन्ने गरे पनि नेपाल कसरी भ्रष्टाचारको सूचिमा पर्‍यो भन्दै प्रश्न गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै यादवले यस्तो बताएका हुनज् । उनले भने, ‘ट्रान्सपरेन्सी इन्टरनेशनले किन नेपाललाई भ्रष्टाचारको १०८ औ सूचिमा राख्यो । यो गलत हो भने कारबाही गर्न निर्णय गनुपर्यो ।’उनले कांग्रेस र एमाले पहिलो र दोस्रो दल मिलेर सरकार बन्नु संसदीय अभ्यासको हिसाबले पनि असामान्य रहेको बताए । 

‘त्यसैले प्रधानमन्त्रीले नियमित कामलाई देखाएर आफैँले आफैँलाई ढाँट्नु हो । उहाँले श्वेतपत्र जारी गर्न सक्नुपर्थ्यो । नेपालको सुशासन, मानवअधिकार र आर्थिक अवस्था यस्तो छ र हाम्रो सरकारले यति गर्छु र गर्न सकेन भनेर आगामी चुनावमा लड्दिन भनेर’, उनले भने, ‘सम्माननीय ज्यु त्यसो भए नेपाल किन ग्रे लिस्टमा पर्‍यो ?’

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्