दुई तिहाइको घमण्ड धेरै नगर्नुस् : राजेन्द्र पाण्डे
काठमाडौं । नेकपा एकीकृत समाजवादी नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाइ सरकारको घमण्ड धेरै नगर्न चेतावनी दिएका छन् ।
शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौ अधिवेशनलाई संबोधन गर्दै पाण्डेले दुई तिहाईको सरकारले निरंकुश शासनको झल्को देखाइरहेको बताएका हुन् ।
उनले सम्बोधन गर्दै भने, ‘अघि प्रधानमन्त्री ज्यूले दुई तिहाइको सरकार हो भनेर दम्भ देखाउनुभयो । त्यसो भए दुई तिहाइको सरकार छ भनेर जे–जे गर्न मन लाग्यो त्यहि गरे भैहाल्यो नि । जे मन लाग्छ त्यहि गर्नुस । दुई तिहाइ छ भने कालोलाई सेतो भन्नुस् न त, दुई तिहाइको धेरै घमण्ड नगर्नुस् । दुई तिहाइको सरकारले निरंकुश शासनको झल्को देखाउँछ ।’
नेता पाण्डेले दुई तिहाइको सरकारले धेरै राम्रा काम गरेको देखाउनका लागि अध्यादेश ल्याएको बताए ।
