sevenstartv.com २१ वैशाख २०८३, सोमवार

राजकीय पद ग्रहण गरेकाको सम्पत्ति छानबिन गर्न न्यायिक आयोग गठन गर्नुपर्ने स्वर्णिम वाग्लेको माग

१८ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति समेत रहेका प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्लेले राजकीय पद ग्रहण गरेका सबै नेताको सम्पत्ति छानबिन गर्न न्यायिक आयोग गठन गर्नुपर्ने माग गरेका छन् । 

शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौ अधिवेशनलाई सम्बोधन वाग्लेले रवि लामिछानेलाई संसदीय समितिले रकम अपचलनमा प्रत्यक्ष संलग्नता नभएको प्रतिवेदन बुझाउँदा पनि सरकार उनलाई जसरी पनि फसाउने नियतमा लागेको भन्दै यस्तो माग गरेका हुन् ।

सांसद् वाग्लेले भने, ‘नेपालको जाँचबुझ आयोग ऐन, २०२६ छ । हाम्रो एउटा चिरस्थायी माग हुनेछ, नेपालको जाँचबुझ आयोग ऐन अन्तर्गत पूर्व प्रधान न्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग अब गठन हुनुपर्नेछ । सबै राजकीय पद ग्रहण गरेका नेताको सम्पत्ती छानबिन गर्ने गरेर अब हामी अगाडी जानुपर्नेछ ।’

सांसद वाग्लेले अहिले चलन चल्तीमा रहेका सबै काण्डको पनि एक एक छानबिन समिति बनाउनुपर्ने रास्वपाको माग रहेको बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्