नेपाल प्रहरीका आइजीपीमाथि छानबिन गर्न राजेन्द्र लिङ्देनकाे माग
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल प्रहरीका आइजीपीमाथि पनि छानबिन हुनुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै लिङ्देनले सम्पत्ति शुद्धीकरणमा सरकारले रवि लामिछानेमाथि चलाउनु स्वाभाविक भएपनि अरु माथि पनि छानबिन हुनुपर्ने बताएका हुन् ।
‘लामिछानेको सम्पत्ति छानबिन हुनुहुँदैन भन्ने होइन, अरु नेताको गर्नुपर्ने कि नपर्ने ? प्रधानमन्त्रीको रु वरीपरीकाको गर्नुपर्ने कि नपर्ने गरौँ । मेरो र परिवारको गरौँ’, लिङ्देनको आग्रह छ । तर उनले आफूलाई चित्त बुझेन, मन परेन भनेमात्र त्यस्ता डण्डा चलाउन नहुने भन्दै अहिलेका प्रहरी प्रमुखमाथि पनि छानबिन हुनुपर्ने बताए ।
