sevenstartv.com २१ वैशाख २०८३, सोमवार

सत्ता र प्रतिपक्षमा हुँदा फरक कुरा गर्ने परिपाटी अन्त्य गर्न जरुरी छ : कृष्णप्रसाद सिटौला

१८ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद् कृष्णप्रसाद सिटौलाले सत्ता र प्रतिपक्षमा हुँदा फरक कुरा गर्ने परिपाटी अन्त्य गर्न जरुरी रहेको बताएका छन् । 

शुक्रबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सिटौलाले सत्तामा हुँदा एउटा र प्रतिपक्षमा जाँदा अर्को कुरा गर्ने परिपाटी राम्रो नभएको बताए । 

उनले भने, ‘सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा बोल्नु उपयुक्त होइन । एउटा कुरा उपयुक्त हो । मैले मेरो कुर्सीमा रहँदा, सरकारको नेतृत्व गर्दा, मेरो मन्त्रालयको नेतृत्व गर्दा मैले जिम्मेवारी पाउँदा, देश र जनताको हितमा कति काम गरेँ, स्पष्टसँग जनतालाई भन्नसक्ने आँकडा, हिसाबकिताब रहनै पर्छ ।’

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्