sevenstartv.com २१ वैशाख २०८३, सोमवार

दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको कुनै योजना छैन् : प्रधानमन्त्री ओली

१८ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको कुनै योजना नरहेको स्पष्ट पारेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यसबारे कसैले भय नराख्न स्पष्ट पारेका हुन् । पार्टी टुक्र्याउने भत्काउने जस्ता खुद्रे कुराहरू यो सरकारको मेन्युमा नभएको उनले जिकीर गरे । 

उनले भने, ‘कति पय साथीहरूले बच्चाको जस्तो स्वभाव भन्ने टिप्पणी सुन्ने गरेको छु । बच्चा होस् या पाका कसैलाई पनि डर देखाउनुहुँदैन भन्ने म ठान्छु । आफैसँग डराउनेलाई दिने जवाफ चाहिँ मसँग छैन ।’

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्