sevenstartv.com २१ वैशाख २०८३, सोमवार

सभामुखले बोल्न नदिएपछि १५ मिनेट सांकेतिक विरोध गरेका हौं : रास्वपा

१८ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद्हरुले १५ मिनेट संसद बैठक बहिष्कार गरेका छन् । १५ मिनेटपछि उनीहरु बैठकमा फर्किए ।

संसद भवन बाहिर पत्रकारसँग संक्षिप्त कुरा गर्दै रास्वपाकी सांसद् सोविता गौतमले बैठकमा बोल्न नपाएकाले १५ मिनेट छोडेको बताएकी हुन् ।

उनले भनिन्, ‘आज संसदको अधिवेशन पहिलोचोटि सुरु हुँदै गर्दा केही कुरा राख्न खोजेका थियौं । हामीले हाम्रो विशेष कुरा राख्न समय माग्दा सभामुखले दिनुभएन । त्यही भएर १५ मिनेट बैठक बहिष्कार गरेका हौं ।’

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्