रास्वपाका सांसद् प्रतिनिधिसभा बैठकमा फर्किए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद्हरू प्रतिनिधिसभा बैठकमा प्रवेश गरेका छन् ।
केहीबेरअघि बैठक बहिष्कार गरेका सांसद्हरू १५ मिनेटपछि प्रतिनिधिसभा बैठकमा सहभागी भएका हुन् । सभामुख देवराज घिमिरेले अवरोधकाबीच बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गरेको हो ।
उनीहरूले बैठकको सुरुमै आफूहरूलाई आकस्मिक समय छुट्याउनुपर्ने माग राखेका थिए ।
