sevenstartv.com २१ वैशाख २०८३, सोमवार

रास्वपाको बहिष्कारबीच संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन

१८ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहिस्कारकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन सुरु गरेका छन् ।

बैठकको सुरुमा रास्वपा सांसद्हरूले उठेर विरोध जनाएपछि सभामुखले बस्न आग्रह गरेका थिए । तर आग्रह नमानेर विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले बैठकको कार्यसूची अघि बढाए । 

त्यससँगै रास्वपा सांसद्हरूले संसद् बहिस्कार गर्दै बैठकबाट उठेर हिँडे । त्यसपछि राष्ट्रपति कार्यालयबाट आएकालगायतका पत्र पढेर सुनाउँदै सभामुखले प्रधानमन्त्रीलाई समय दिएका हुन् । 

प्रधानमन्त्रीले आफू नेतृत्वको सरकार आएपछि भएका विकास निर्माणका प्रगतिहरू सुनाइरहेका छन् । 
 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्