मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक सिंहदरबारमा आज साँझ ५ बजे बस्नेगरी बोलाएका हुन् । बैठकमा मंसिर १७ गतेबाट हुने प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गर्ने सम्भवाना रहेको छ ।
त्यस्तै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति पनि आजको बैठकले गर्नसक्ने जनाइएको छ ।
