sevenstartv.com १६ वैशाख २०८३, बुधवार

कांग्रेसका भित्र मौलायो गुट उपगुट

शेखर समूहको भेला बैशाख १७ गते

१५ वैशाख २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका भित्र मौलाएको गुठ उपगुठका कारण कांग्रेसलाई विभाजनको संघारमा पुर्याउदा पनि नेताहरु भने व्यक्ति केन्द्रित राजनीतिमा नै व्यस्त छन् । देउवा समूहले आज (मंगलबार) महाराजगन्ज स्थित स्मार्ट होटलमा बोलाएको भेलामा डा. शेखर कोइराला समूहको सहभागिता रहेन । तर नेता डा. शेखर कोइरालाले आफ्नो समूहको छुट्टै भेला बोलाएको छन् ।

डा. कोइरालले बैशाख १७ गतेका लागि आफ्नो समूहका नेताहरूको बागमती प्रदेश स्तरीय भेला बोलाएसँगै नेपाली कांग्रेसको अस्तित्व झन धरापमा परेको छ । देशको शंकट र समस्यामा एक भएर प्रतिपक्षको दह्रो भुमिकामा उभिदै खबरदारी गर्नुको साटो कोठे बैठकमा नेताहरु व्यस्त छन् ।

सरकारले गरेका गतिविधि माथि औला उठाउनको साटो कांग्रेसका नेताहरु भने शक्ति प्रदर्शनमा लाग्नु कति जायज होला । डा. कोइरालले बैशाख १७ गतेका लागि बोलाएको बागमती प्रदेश स्तरिय भेलाको पुष्टी कोइरालका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पुष्टि गरेका छन् ।

उनका अनुसार भेलामा भित्रका बहालवाला र निवर्तमान केन्द्रीय सदस्य र पदाधिकारी, जिल्ला सभापति र पूर्व जिल्ला सभापति सांसद र पूर्वसांसद, प्रदेश सभा सदस्यहरू र बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूको भेला बोलाइएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्