sevenstartv.com १३ वैशाख २०८३, आइतवार

सुकुमबासी राख्न बनाइएको अपार्टमेन्टमा धमाधम सरसफाइ हुँदै

१३ वैशाख २०८३, आइतवार स्टार संवाददाता

काठमाडौं । नागार्जुन नगरपालिका १ स्थित काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुमबासीलाई अस्थायी बसोबास गराउन अपार्टमेन्ट अवलोकन गरेकी छिन् । थापाथली, सिनामंगल र मनोहरा क्षेत्रको सुकुमबासी बस्ती भत्काइरहँदा त्यहाँबाट विस्थापितहरूलाई यहि सरकारी भवनमा लगेर राख्ने तयारी छ ।

हाल यहाँ भवनको सरसफाइ, मर्मत सम्भारको काम भइरहेको जानकारी पाएको छ। यो अपार्टमेन्ट १२ करोड खर्च गरेर तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको पालामा बनाइएको हो । नागार्जुन नगरपालिकाको दुई स्थानमा निर्माण गरिएका यी भवनमध्ये एउटामा १०० र अर्कोमा १२४ फ्ल्याट छन् । सुकुमबासी पहिचान गरी यी भवनमा स्थानान्तरण गर्ने बताइए पनि अहिलेसम्म पहिचान कार्य अघि बढ्न सकेको छैन  ।

जीर्ण बन्दै गरेको यो भवनमा अहिले नागार्जुन नगरपालिका वडा नम्बर १ को कार्यालय र अस्थायी पोस्टसँगै, खानेपानी उपभोक्ता समिति कार्यालय र एक ब्लकमा मानव सेवा आश्रमले प्रयोग गर्दै आएको छ ।