sevenstartv.com ८ चैत २०८२, आइतवार

इन्धन बचत गर्न श्रीलंकाले दियो सार्वजनिक बिदा

३ चैत २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । श्रीलंकाले इन्धन बचत गर्न सार्वजनिक संस्थानहरूमा हरेक बुधबार बिदा दिने घोषणा गरेको छ । अमेरिका र इजरायलले इरानसँग गरेको युद्धका कारण इन्धन अभावको संकेत पाएपछि श्रीलंकाले सार्वजनिक बिदा दिएर किफायती उपाय अपनाएको हो ।

 आगामी दिनमा खराब अवस्था आउनसक्ने भन्दै त्यसको तयारीका लागि बिदा दिने निर्णयमा पुगेको जानकारी दिइएको छ । बीबीसीका अनुसार श्रीलंकाको यो निर्णय एशियाली देशहरूले लिएको खर्च कटौतीका उपायहरूको श्रृंखलाको पछिल्लो कदम हो । 

युद्धका कारण खाडी क्षेत्रबाट एशियातर्फ जाने लाखौं ब्यारेल तेल ढुवानी हुने स्ट्रेट अफ हर्मुज अवरुद्ध भएको छ । जसका कारण विश्वभर पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित भइरहेको छ भने विश्व बजारमा मूल्य पनि वृद्धि भएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्