sevenstartv.com १७ साउन २०८३, आइतवार

नेपालीले अमेरिकी भिसा पाउन अब ३० लाखसम्म धरौटी राख्नुपर्ने

नियमअनुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता हुने

१७ साउन २०८३, आइतवार स्टार संवाददाता

काठमाडौँ । धेरै नेपालीको रोजाईमा पर्ने अमेरिका घुम्ने सपना थप जटिल बन्दै गएको छ । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक (बी २० ) र व्यापारिक (बी १०) भिसामा धरौटी राख्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरे सँगै धेरै देशका नागरिकको अमेरिका घुम्ने सपना जटिल हुने भएको हो ।

नयाँ व्यवस्थाअनुसार नेपाली आवेदकले भिसा प्राप्त गर्नुअघि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म (करिब १५ देखि ३० लाख रुपैयाँ) धरौटी राख्नुपर्ने हुन्छ । यसअघि परीक्षणका रूपमा लागू गरिएको व्यवस्थामा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी तोक्ने व्यवस्था थियो ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा अस्वीकृत भएमा वा भिसाको अवधि सकिनुअघि नियमअनुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिनेछ भने भिसाको अवधि सकिएर नफर्किए उक्त रकम फिर्ता हुने छैन ।

भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा अमेरिकामा बस्ने (ओभरस्टे) प्रवृत्ति नियन्त्रण गर्न यो व्यवस्था स्थायी बनाइएको मन्त्रालयले जनाएको छ । दक्षिण एसियाबाट नेपाल, बंगलादेश र भुटानसहित ५० देशका नागरिकमा यो नियम लागू हुने जनाइएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्