कांग्रेसको आधिकारिकता उल्टिँदैन : सभापति थापा
विधानविपरीत चल्नेलाई कारबाही हुन्छ
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएका आन्तरिक मिलाउँदै जान आफु तल्लिन रहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति थापाले महाधिवेशनमा सहभागी नभएका र सिनियर नेताहरूसँग छलफल गर्न आफूलाई कुनै अप्ठ्यारो नरहेको स्पष्ट पार्दै हरेक विवादलाई कार्पेटमुनि राखेर लुकाउने विषय नरहेको स्पष्ट पारेका छन् ।
बैठकमा सभापति थापाले आफूहरू प्रश्न गरेर मैदानमा लडभिड गरेर आएका कारण आफ्नै पार्टीको नेतृत्वमा सरकार रहदा पनि प्रश्न गर्न नछाडेको स्मरण गराए । थापाले पार्टीको आधिकारिकता विवादमा चलखेलको आरोपबारे समेत बोलेका छन् । उनले अनावश्यक अडिओप्रति आफूलाई चासो नभएको बताएका छन् । सभापति थापाले भने, चाइनाको अडिओ सबैका कानमा गुन्जिएको मलाई अडिओको बारेमा पनि धेरै रुचि छैन ।
त्योभन्दा दुई–तीन दिन अगाडि प्रधानमन्त्री कार्यालयको एकजना वरिष्ठ साथीले बोलेको अडियो एकजना साथीले मलाई ल्याएर सुनाउनुभयो । अडिओ बाहिर नलैजाने शर्तमा भन्नुभयो। तर मैले अडिओको धन्दामा रुचि नै छैन भनेँ। अडिओमा अस्ति चाइनामा बोलेको जस्तै सुनेको जस्तै दुईवटा कुरा गर्ने रे, नेकपा एमालेमा जसरी हुन्छ केपी ओलीलाई कायम राख्ने र कांग्रेसमा जहाँबाट हुन्छ शेरबहादुर देउवा खोजेर राख्ने रे ।
उनले सर्वोच्च अदालतले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा पटक पटक बोलिसकेका धेरै अलमल नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । थापाले सर्वोच्च अदालतबाट कांग्रेसको आधिकारिकता र महाधिवेशनबाट आएको नेतृत्व उल्टिने विषय संसद् पुनर्स्थापनाको चर्चाजस्तै भएको टिप्पणी गरेका छन्। संसद् उल्टिन्छ भन्ने मान्ने हो भने मात्रै महाधिवेशनबाट आएको कांग्रेसको नेतृत्व उल्टिने उनको भनाइ थियो ।
उनले कांग्रेसको विधानविपरीत पार्टीको सदस्यता छाडेर अर्को पार्टीको सदस्य बनेमा आफूले पार्टीको विधानबमोजिम कारबाही गर्ने जनाएका छन् । राष्ट्रिय सभाका सदस्य, प्रदेश सभाका सदस्य वा पालिकाका प्रमुख अर्को पार्टीमा गएमा पनि विधानबमोजिम नै कारवाही हुने सभापति थापाले उल्लेख गरेका छन् । पार्टी विवादमा सर्वोच्च अदालतले निस्सा दिएको प्रसङ्ग उठाउँदै थापाले निवेदन कसले दियो भन्ने विषय खोजिएको बताएका छन् । उनले भने, ‘पार्टी मिलाउन अहिले पनि प्रयास गरेको छैन। अहिले महाधिवेशनमा सहभागी नभएका साथीहरूको पनि नेपाली कांग्रेस हो। उहाँहरूसँग छलफल गर्न तयार छौँ। हामीभन्दा सिनियर नेताहरूसँग छलफल गर्न जान मलाई अप्ठ्यारो छैन।
साथै पार्टीभित्रका आलोचकहरूप्रति टिप्पणी गर्दै सभापति थापाले पार्टीभित्र केही ‘जोकर र नमुना’ रहेको र तिनलाई आफूहरूले चिनेको स्पष्ट पारेका छन् । निवर्तमान सभापति शेरबहादुर देउवाप्रति आफ्नो चिन्ता रहेको उल्लेख गर्दै थापाले देउवा नेपालको हस्ती भएको र लोकतान्त्रिक प्रक्रियामा उनको ठुलो योगदान रहेको जनाएका छन् । विगतमा देउवासँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेको स्मरण गर्दै सभापति थापाले भने, ‘राजनीतिक मान्छेले राजनीतिक बोल्नुपर्छ। जोकरले जस्तो शेरबहादुर देउवाले बोल्नु हुँदैन, उहाँको बानी र बोली राजनीतिक हुन्छ।’

-72.jpg)


-26.webp)

-60.webp)

-11.jpg)




-11.jpg)
-26.webp)

-60.webp)

