इरानमा हवाई आक्रमण रोक्न सेनालाई राष्ट्रपति ट्रम्पको निर्देशन
इरान वार्ताप्रति गम्भीर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न सेनालाई निर्देशन दिनुभएको छ ।
करिब दुई हप्तासम्म लगातार आक्रमणपछि राष्ट्रपति ट्रम्पले थप आक्रमणको योजना स्थगित गरेको अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सले जनाएको हाे । उहाँले वासिङ्टन र तेहरानबीच वार्ता भइरहेको र यस पटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको समेत बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्त्व दिन थालेको समेत दावी गर्नुभयाे। ह्वाइट हाउसमा आफ्ना उच्च सल्लाहकारसँग इरानमा भइरहेको पछिल्लो आक्रमणका विषयमा छलफल गरे लगत्तै राष्ट्रपति ट्रम्पको यस्ताे टिप्पणी आएको हो ।












