बरहथवा नगर अस्पतालमा गर्भवतीको मृत्युपछि आगजनी र तोडफोड
सर्लाही । उपचारका क्रममा गर्भवती महिलाको मृत्यु भएपछि आफन्तले सर्लाहीको बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड गरेका छन् । उनीहरूले अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी गर्नुका साथै तोडफोड समेत गरेका हुन् । बरहथवा नगरपालिका–५, हात्तीढुंगा पानिटंकी टोलकी २१ वर्षीया सीमा रामदेवीको उपचारका क्रममा मृत्यु भएपश्चात घटनाले उग्र रुप लिएको हो ।
नौ महिनाकी गर्भवती रामदेवी तीन दिनदेखि बिरामी भई उपचारत थिइन् । उनको बरहथवा नगर अस्पतालमा उपचार क्रममा शनिबार साँझ करिब ६ बजे अचानक बेहोस भएको प्रहरीले जनाएको छ । आफन्तले चिकित्सकको लापरबाहीका कारण बिरामीको अवस्था बिग्रिएको भन्दै अस्पतालमा तोडफोड र आगजनी गरेको प्रहरीले बताएको छ। थप उपचारका लागि रामदेवीलाई चन्द्रनिगाहपुरस्थित अस्पताल लगिएको र सो अस्पतालका चिकित्सकले राति १० बजेर ५३ मिनेटमा रामदेवीलाई मृत घोषणा गरेका थिए ।
उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । घटनाबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अस्पतालका सूचना अधिकारी राजेश गुप्ताले बताएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही पठाएको जनाइएको छ ।
आगजनीमा संलग्न रहेको आरोप लागेका अस्पतालका करार कर्मचारी धिरज महरा र सुरेश महरा भने फरार रहेको प्रहरीको भनाई छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ भने अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको छ । मृतक महिलाको मृत्यु चिकित्सकीय लापरबाहीका कारण भएको हो वा होइन भन्ने विषयमा भने आधिकारिक पुष्टि हुन बाँकी छ।

-60.webp)

-11.jpg)
-26.webp)














-26.webp)
