sevenstartv.com २८ साउन २०८३, बिहिवार

कोलोम्बिया भूकम्प अपडेट- मृतकको संख्या २६५ पुग्यो

आर्थिक संकटकाल घोषणा गरिँदै

२८ साउन २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौँ-कोलोम्बियामा गत सोमवार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २६५ पुगेको छ ।

राष्ट्रपति अबेलार्डो दे ला एस्पिएलाले बुधवार उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार विपद्मा परी हालसम्म ३ हजार ४ सय ९४ जना घाइते भएका छन् भने ४९६ जना अझै बेपत्ता छन् ।

राष्ट्रपतिकाअनुसार यस प्राकृतिक विपद्बाट ५३ हजार भन्दा बढी मानिस प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी र द्रुत बनाउन सरकारले मुलुकमा ‘आर्थिक संकटकाल’ घोषणा गर्ने तयारी गरेको छ ।

राष्ट्रपति दे ला एस्पिएलाले हाल सरकारको सम्पूर्ण ध्यान र संयन्त्र बेपत्ता भएकाहरूको खोजी कार्यमा केन्द्रित रहेको जानकारी दिएका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्