मोदी र बालेनद्वारा उपहार आदनप्रदान
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादको सेट उपहार दिएका छन् ।
उपहार सेटमा रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन राखिएको छ । भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री शाहलाई गंगाजलसहितको घडा उपहार दिएका हुन् ।
भेटमा दुवै देशका प्रधानमन्त्रीले उपहार आदान प्रदान गरेका थिए । दूतावासको तर्फबाट भने प्रधानमन्त्री मोदीलाई मच्छिद्रनाथको उपहार प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

-60.webp)

-11.jpg)

-26.webp)











-26.webp)

-11.jpg)
