प्रधानमन्त्री शाहले भेटे भारतीय समकक्षी
काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र भारतीय समकक्षी नरेन्द्र मोदीबिच ‘हैदराबाद हाउस’ मा भेटवार्ता सुरु भएको छ ।
दुई देशका प्रधानमन्त्रीबिचको उक्त वार्तापछि दिउँसो १२ः२५ बजे ‘हैदराबाद हाउस’ मै समझदारीपत्र (एमओयू) हरूको आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी हुने कार्यक्रम रहेको छ ।
सोमबार बिहान राष्ट्रपति कार्यालयमा गाड अफ अनर ग्रहण गरेलगत्तै प्रधानमन्त्री शाह गान्धीको समाधीस्थल पुगेर पुष्प गुच्छा अर्पण गरेका छन् ।
दिउँसो ३ः१५ बजे प्रधानमन्त्री शाहले राष्ट्रपति भवन पुगेर भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
दिनभरका महत्त्वपूर्ण औपचारिक तथा कूटनीतिक कार्यक्रमहरू सम्पन्न गरी प्रधानमन्त्री शाह अपराह्न ४ः५० बजे स्वदेश फिर्ता हुने कार्यसूची रहेको छ ।


-11.jpg)

-26.webp)














-26.webp)
