भैरहवाबाट हवाई रुट दिन भारत सहमत
नयाँदिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारत भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सहमति भएको छ । भारतले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने सहमत भएको हो । नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन माग गर्दै आएको थियो ।
हाल एकतर्फी रहेको ‘बी३४५’ काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमती जुटेको संयुक्त विज्ञप्तिको बुँदा नम्बर ८ मा उल्लेख गरिएको छ । यस सम्बन्धमा मोडालिटीलाई अन्तिम रूप दिन तथा हाल छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिने उल्लेख गरिएको छ।‘
आज दुई देशबीचका प्रधानमन्त्रीको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा हवाई रुटबारे उल्लेख नगरिए पनि केहीबेरअघि जारी संयुक्त वक्तव्यमा भारतले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने उल्लेख गरिएको छ । नेपाललाई भैरहवा रुटको अनुमति दिएबापत भारतले पनि नेपालसँग बागडोग्रा एयरपोर्टका लागि हवाई रुट मागेको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भएको द्विपक्षीय वार्तामा नेपालको लामो समयदेखिको हवाई रुटसम्बन्धी माग सम्बोधन गर्ने सहमति जुटेको हो । यस सहमती पश्चात नेपालको अन्तर्राष्ट्रिय हवाई उड्डयन क्षेत्रको एउटा महत्त्वपूर्ण कूटनीतिक अवरोध हट्ने आकंलन गरिएको छ ।
यसअघि पनि नेपालका प्रधानमन्त्रीहरूको भारत भ्रमणमा हवाई रुटको विषय प्राथमिकताका साथ उठ्ने गरे पनि ठोस सहमति भएको थिएन । बालेन शाहको भारत भ्रमणमा यो विषयलाई प्राथमिकतामा राखिएको थियो । भ्रमणअघि नै दुवै देशका अधिकारीबीच यसबारे छलफल भइरहेको थियो ।


-60.webp)

-11.jpg)

-26.webp)








-11.jpg)

-26.webp)


