sevenstartv.com २६ फागुन २०८२, मङ्गलवार

ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो

२७ माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंबाट ओखलढुंगाको रगनी जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ । 

उक्त दुर्घटनामा ठूलो हताहती भएको बताइएको छ । केही शव नदीमा तैरिएर बगिरहेको देखिएको बताइएको छ । अहिले स्थानीय र प्रहरी उद्धारमा खटिएको छ । 

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ मा पर्ने उक्त स्थानमा दुर्घटना भएको गाडी नम्बर र अन्य विस्तृत विवरण आउन बाँकी छ  ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्