sevenstartv.com ३ असार २०८३, बुधवार

राहदानी छपाइमा प्रक्रियामा अनियमितता गर्ने थप दुई जना पक्राउ

३ असार २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं । राहदानी छपाइ प्रक्रियामा अनियमितता भएको प्रकरणमा पक्राउ पर्नेको संख्यामा थप दुई जना  बृद्वी भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा जर्मनी कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल, राहदनी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेको अख्तियारको आधिकारिक स्रोतले जनाएके छ ।

उनीहरूविरुद्ध ३ दिन म्याद समेत थप भइसकेको जनाइएको छ । यसअघि अख्तियारले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई पक्राउ गरी अनुसन्धान प्क्रियालाई अघि बढाएको थियो । उनीहरूविरुद्ध ४ दिनको म्याद थप भएको थियो । सयसगै पक्राउ पर्नेको संख्या चार पुगेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्