नेपाल र भारतका सुरक्षा निकाय, प्रशासनिक अधिकारीहरू बिच कञ्चनपुरमा छलफल जारी
कञ्चनपुर । लामो समयदेखि विवादमा रहेको नेपाल-भारत सीमाका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्ति पश्चात सो क्षेत्रमा देखिएका विभिन्न विषयमा छलफल गर्नका लागि भारतीय उच्चस्तरीय टोली कञ्चनपुर आइपुगेको छ ।
महेन्द्रनगरस्थित होटल ओपेरामा नेपाल र भारतका उच्च अधिकारीबीच सीमा सम्बन्धी विषयमा बैठक भइरहेको जनाइएको छ। बैठकमा सीमा व्यवस्थापन, सुरक्षा, आवतजावतको सहजता, सीमा स्तम्भहरूको अवस्था तथा दुवै देशको साझा चासोका अन्य विषयमा छलफल भइरहेको उल्लेख गरिएको छ।
वार्तामा नेपाल र भारतका सुरक्षा निकाय तथा प्रशासनिक तहका अधिकारीहरूको सहभागिता रहेको जनाइएको छ। दुवै देशबीचको सीमा क्षेत्रमा देखिएका समस्या समाधान, समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैठक आयोजना गरिएको बताइएको छ।
