sevenstartv.com ५ असार २०८३, शुक्रवार

पक्राउ परे राहदानी विभागका महानिर्देशक अर्याल

२ असार २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

सादा पोशाकको प्रहरीले अर्यालका साथै व्यवसायी सिद्धार्थ थार्पा समेत नियन्त्रणमा रहेको सुरक्षा स्रोतले जानकारी गराएको छ।

अख्तियार सम्बद्ध स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।