बैतडीमा ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं । बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र०२–००१ज ०६२४ नम्बरको सो सवारी साधन सिल्लेगडा–बडिया सडकखण्डको घोडेधार नजिक गए राति दुर्घटना हुँदा चालक दोगडाकेदार–५ का गम्भीर घाइते भएका मदन ठगुन्नाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।
सो सवारीसाधनमा चालकमात्र सवार रहेका थिए । दुर्घटनाग्रस्त सो गाडी सडकबाट २५० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
