घट्यो सुनको मूल्य : तोलामा २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार
काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार ३ लाख रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै सोमबार चाँदीको मूल्य ३ सय रुपैयाँले घटेर ५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
