दाङमा करेन्ट लागेर एक जनाको मृत्यु
काठमाडौं । मंगलबार दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । गोठको छानामा फलेको लौका टिप्ने क्रममा करेन्ट लागेर घोराही उपमहानगरपालिका १० नारायणपुरका ६८ वर्षीय वुद्धिराम चौधरीको मृत्यु भएको जनाइएको छ ।
चौधरीले नारायणपुर बजारमा डेरी व्यवसाय गर्दै आएका थिए ।
