sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

जेनजी प्रदर्शनबाट अर्थ मन्त्रालयसहित मातहतका कार्यालयमा ८६ करोड ३२ लाखको क्षति

२३ असोज २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा अर्थ मन्त्रालयसहित मातहतका कार्यालयहरूमा ८६ करोड ३२ लाखको क्षति भएको छ । अर्थ मन्त्रालयका अनुसार भन्सार विभागले गरेको प्रारम्भिक क्षति अनुमान अनुसार देशभरका भन्सार कार्यालयहरूमा मात्रै करिब ४७ करोड रुपैयाँ बराबरको क्षति भएको छ । 

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जेनजी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडले अर्थ मन्त्रालय र मातहतका कार्यालयहरूमा ८६ करोड ३२ करोडको क्षति भएको बताए । उनले अर्थ मन्त्रालयको मात्रै ३९ करोड ३२ लाख रुपैयाँ क्षति भएको जानकारी दिए ।

मुख्यतया सवारी साधन र कार्यालयका सामानहरूमा क्षति पुगेको छ । भवनको क्षति भने समावेश नगरिएकाे प्रवक्ता पाण्डेयले जानकारी दिए । आगजनीबाट अर्थ मन्त्रालयमा १६ वटा चारपाङ्ग्रे सवारीसाधन जलेर नष्ट भएका थिए ।

अर्थमन्त्रीले चढ्ने सवारीसाधनसहित १६ वटा चारपाङ्ग्रे सवारीसाधनमा पूर्ण क्षति पुगेका थिए भने अतिरिक्त शिक्षा शाखामा प्रयोग भइरहेका २२ वटा चारपाङ्ग्रे सवारीसाधनमा आंशिक क्षति र ३६ वटा मोटरसाइकल र १८ वटा स्कुटरमा पूर्ण क्षति भएको थियो । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्