आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनको मूल्य कारोबार साताको अन्तिम दिनमा आएर बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला २ लाख १६ हजारमा कारोबार भइरहेको छ । अघिल्लो दिन नेपाली बजारमा सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन २ हजार ५२० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ६० रुपैयाँले बढेर प्रतितोला २ हजार ५८० रुपैयाँ पुगेको हो ।

.gif)