तोलामा एक हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन ऐतिहासिक बिन्दुमा पुगेको सुनको मूल्य बुधबार तोलामा १ हजारले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख १६ हजार १०० कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन २ हजार ५९५ रहेको चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला २ हजार ५५० रुपैयाँ कायम भएको हो ।

.gif)