sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

३१ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । मंगलबार सुनको मूल्य तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा मात्रै १ हजार ९०० रुपैयाँ बढेको छ । 

सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको थियो । 

यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको बताइएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्