sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

३१ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमयदर सार्वजनिक गरेको छ । आजको लागि निर्धारण गरिएको विनिमयदर अनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेकाे छ । 

युरोपियन यूरो एकको खरिददर १६५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ५७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ २० पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १९ पैसा र बिक्रीदर १५ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १८ पैसा र बिक्रीदर २२ रुपैयाँ २८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८ रुपैयाँ १८ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १५ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ ८० पैसा र विक्रीदर ३६७ रुपैयाँ ३६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९४ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १९ रुपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८० पैसा कायम भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्