sevenstartv.com १४ माघ २०८२, बुधवार

भाटभटेनी लुटपाटमा संलग्न ४ जना पक्राउ

२५ भदौ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट तोडफोड तथा लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् ।

नेपाली सेना लगायतका अन्य सुरक्षा निकायहरू परिचालन भएपछि पनि आज बिहान १० बजेबाट भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ४ जना पक्राउ परेका हुन् ।

त्यस्तै, डिल्लीबजार–नारायणथा क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले २ लाख ३२ हजार ५ सय रुपैयाँ सुरक्षा फौजलाई देखेपछि छाडेर भागेको नेपाली सेनाले जानकारी दिएको छ ।

उक्त रकम बरामद भएको पनि छ । त्यस्तै, सुरक्षाकर्मीबाट लुटिएका हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्