खोटाङको केपिलासगढीमा हेलिकप्टर दुर्घटना
काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिका २ मा हेलिकप्टर दुर्घटना भएको छ ।
बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो । खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले हेलिकप्टर दुर्घटनाको पुष्टि गरेका हुन् । दुर्घटनामा कसैको पनि हताहती नभएको उनको भनाइ छ ।
केपिलासगढी गाँउपालिका २ का वडाअध्यक्ष मिलन राईले दुर्घटनामा एकजना घाइते भएको बताए ।
