एमालेले डाक्यो संसदीय दल र सचिवालयको बैठक
काठमाडौं । नेकपा एमालेले अकस्मात संसदीय दलको बैठक डाकेको छ । आज दिउँसो २ बजेका लागि एमालेले बैठक डाकेको हो । एमाले सचिवालयका अनुसार बैठक पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने छ ।
संसदीय दलको बैठक लगतै एमालेले पार्टीकोे सचिवालय बैठक बोलाएको बोलाएको छ सचिवालय बैठक भने साँझ ६ बजेका लागि बोलाइएको जनाइएको छ । एमाले सचिवालयलका अनुसार सचिवालयको बैठक भने अध्यक्ष केपीको ओलीको गुन्डुस्थित निवासमा बस्ने जनाएको छ ।
अकस्मात बोलाईएको संसदीय दलको बैठक तथा सचिवालयको बैठकका एजेण्डाका विषय भने जानकारी सार्वजनिक गरिएको छैन । सोमबार नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुर्खेतबाट पक्राउ परे सँगै एमालेले सरकारको कार्यशैलिको विरोध गरिरहेको छ ।
उपाध्यक्ष पौडेलको पक्राउबारे एमाले नेताहरुले दिएको अभिव्यक्तिलाई आधार मान्दा सोही एजेन्डामा छलफ हुने आँकलन भने गर्न सकिन्छ ।
