sevenstartv.com ७ असार २०८३, आइतवार

राष्ट्र बैंकले कडाई गर्यो बैंकका सिइओको तलब तथा सेवा सुविधा वृद्धिमा

७ असार २०८३, आइतवार स्टार संवाददाता

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका सिइओले लिँदै आएको मनपरी तलब तथा सेवा सुविधामा राष्ट्र बैंकले कडाई गर्ने भएको छ । सिइओको तलब मनपरी बढाउने प्रवृत्तिमा सिइओको तलबसम्बन्धी नयाँ मार्गदर्शन जारी गर्दै राष्ट्र बैंकले कडाई गर्ने भएको हो ।

सिइओको पारिश्रमिकलाई मार्गदर्शनमार्फत राष्ट्र बैंकले संस्थाको कुल सम्पत्ति र कर्मचारी खर्चसँग प्रत्यक्ष आबद्ध गरिदिए पछि एक तहका कर्मचारीको मनपरी तन्त्र खुम्चिएको हो । सिइओको तलब, भत्ता र सुविधा निर्धारणका लागि तलब, भत्ता तथा अन्य सुविधा सिफारिस समिति’ गठन गर्नुपर्ने प्रावधान खडा भएको छ ।

सो समिति स्वतन्त्र सञ्चालकको संयोजकत्वमा गठन गर्नुपर्ने उल्लेख गरिएको छ । समितिमा अन्य दुई सञ्चालकसमित कुल ३ सदस्य रहनेछन् । उक्त समितिले सिइओको योग्यता, अनुभव, संस्थाको पूँजीको प्रतिफल दर, व्यवसायको आकार र जुनियर असिस्टेन्टदेखि सिइओबीचको तलबको भिन्नताको समीक्षा गरेर सिइओको तलब, भत्ता तथा अन्य सुविधा निर्धारण गर्न सिफारिस गर्ने भएको छ ।

सोही सिफारिसका आधारमा सिइओको पारिश्रमिक र सुविधा तय गर्नुपर्ने प्रावधान रहने छ । साथै राष्ट्र बैंकले सिइओहरुको कार्यसम्पादनमा आधारित पारिश्रमिकमा समेत बढीमा २० प्रतिशतको सीमा तोकिएकोृ छ । सो सम्झौता अनुसार कार्यसम्पादन गर्न नसकेको खण्डमा पारिश्रमिक नपाइने भएको छ ।

राष्ट्र बैंकले सिइओलाई एउटा कार्यकालभरमा भौतिक सुविधाका रुपमा एउटा मोबाइल, एउटा ल्यापटप र एउटा गाडी मात्र उपलब्ध गराउनुपर्ने व्यवस्थालाई अघि सारेको छ । इन्टरनेट, टेलिफोन, पत्रपत्रिका र अन्य खर्चका लागि निश्चित वार्षिक तलबको बढीमा ०.५० प्रतिशत मात्र खर्च गर्न पाइने प्रवधान रहने भएको छ । सो भन्दा बढी खर्च भए सिइओ आफैँले व्यहोर्नुपर्ने भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्