तारकेश्वरको एक घरबाट ३३ लाखभन्दा बढीको धनमाल चोरी
काठमाडौं । तारकेश्वर नगरपालिका ६ नेपालटार पैयुँटारस्थित एक घरमा चोरी भएको छ ।
पैयुँटारस्थित एक घरमा डेरा गरी बस्ने नुवाकोट घर भएकी २३ वर्षीया पार्वती पौडेलको कोठाबाट चोरी भएको हो । उनको कोठामा रहेको सुन तथा चाँदीका विभिन्न गरगहना र नगद समेत गरी करिब ३३ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
