sevenstartv.com ८ चैत २०८२, आइतवार

कञ्चनपुरमा छोराको आक्रमण: कान्छी आमाको हत्या, बहिनी गम्भीर घाइते

४ चैत २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-४ माननीय चोकमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै कान्छी आमाको हत्या गरेका छन् भने बहिनीलाई गम्भीर घाइते बनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चैत ३ गते मंगलबार राति करिब ८ः४५ बजेको समयमा स्थानीय ५५ वर्षीय हरि प्रसाद श्रेष्ठले आफ्नै ७५ वर्षीया कान्छी आमा बिन्द्रा श्रेष्ठमाथि धारिलो हतियार प्रहार गरेका थिए । 

हतियार प्रहारबाट बिन्द्रा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही क्रममा हरिले आफ्नै ५० वर्षीया बहिनी भगवती देवी माझीमाथि पनि आक्रमण गरेका थिए । विवाह भए पनि माइतीमै बस्दै आएकी भगवतीको टाउको र दाहिने हातमा गहिरो चोट लागेको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी जग्गा जमिनको विषयलाई लिएर उनीहरूबिच लामो समयदेखि विवाद चल्दै आएको बुझिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्