बर्दियामा आन्दोलनकारी र प्रहरीबीच झडप
काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा करिब एक दर्जन प्रहरी घाइते भएको बताइएको छ । दुई युवकको केही दिनअघि ज्यान गएको थियो ।
सुतिरहेको अवस्थामा बेहोस भएको भन्दै सुरेश खटिक र बहुरोन खटिकलाई अस्पताल पुर्याइएको थियो । उनीहरूको मृत्यु भइसकेको छ । लागुऔषधका कारण मृत्यु भएको र भारतीय सीमा नाकाबाट खुलेआम लागुऔषध तस्करी भएको भन्दै स्थानीयले बाटो अवरुद्ध गरेर प्रदर्शन गरेका थिए ।
बाटो खुलाउने क्रममा प्रहरीसँग झडप भएको हो । प्रहरीमाथि आक्रमण गर्ने ९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । स्थिति नियन्त्रणमा प्रहरीले ९ राउन्ड हवाई फायर गरेको छ ।
